विपक्षी दल नेपाली कांग्रेस रिसाएको छ।कांग्रेसकाे हिजो  बसेकाे केन्द्रिय समितिकाे वैठकमा सत्ता पक्ष आफुहरूलाइ वेवास्ता र नजरअन्दाज गर्न थालेकाे भन्दै सदन र सडक दुवै ठाउमा कडा आन्दाेलन गर्ने चेतावनी दिएकाे छ।सदनमा कडा रूपमा प्रस्तुत हुदै आएकाे कांग्रेसले अब सडक पनि तताउने तयारी थालेकाे छ।तर उसले आज शुक्रवार बस्ने सदनकाे वैठक कुर्ने तयारी गरेकेा छ।सरकार जवरजस्ती भएपनि चिकित्सा शिक्षा विध्येक पास गर्ने चुनाैती दिएपछि कांग्रेसले त्यसलाइ असफल पार्ने रणनीति तय गरेकाे छ।कांग्रेसले जवरजस्ती गरे सडकमा जाने चेतावनी दिएकाे छ।

विहिवार बसेकाे केन्द्रिय समितिकाे वैठकमा सभामुख कृष्णवहादुर महरालकाे भुमिकाकाे वारेमा पनि कांग्रेसले समिक्षा गरेकाे छ।सभामुख महरा पार्टीकाे सदस्य जस्ताे भएर काम गरिरहेकाे आराेप कांग्रेस नेताहरूले लगाएका छन। विहिवार वसेकाे केन्द्रिय समितिकाे वैठकले चार वुदे निर्णय  पनि गरेकाे छ।

कांग्रेसले संवैधानिक परिषदकाे वैठकले संविधान मिचेकाे ठहर पनि गरेकाे छ।विपक्षी दलकाे नेता वैठकमा वस्नु पर्ने संवैधानिक वाध्यता भएपनि विपक्षी दलकाे नेता विना नै संवैधानिक परिषदकाे वैठक बसेर संवैधानिक अंगकाे अध्यक्ष चयन गरेकाे छ।विहिवारकाे वैठकमा कांग्रेस नेताहरूले सभापति शेरवहादुर देउवालाइ वैठकमा वाेलाएर पनि नगएकाे कि खवर नै आएन भनेर जिज्ञासा पनि राखेका थिए ।देउवाले भने समयमा खवर नै नआएकाे जानकारी दिएपछि नेताहरूले कांग्रेसलाइ सरकारले हेपेकाे निष्कर्ष निकालेका छन।