९ माघ – मुस्ताङमा घरापजोङ गाउपालिका–१ मा खसेको सुख्खा पहिरोले कालिगण्डकी नदी थुनिएको छ । मंगलबार साँझ चलेको हावाहुरीले ढालेका रूख नदीमा परेपछि कालिगण्डकी थुनिएको हो ।भूकम्पले चिराचिरा भएको जमिनका रूख ढलेपछि सुख्खा पहिरो आएर नदीको केही भाग थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

बाढी पूर्वानुमान महाशाखाले नदी खोलिने क्रममा तल्लो तटिय बेनी बजारसम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।