काठमाडाैँ, २२ माघ – निर्वाचन अायाेगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यले अाफू निर्वाचित भएकाे प्रमाण पत्र वा अन्य प्रमाणका अाधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेकाे छ ।

प्रमुख निर्वाचन अायुक्त डा.अयाेधीप्रसाद यादवकाे अध्यक्षतामा बसेकाे बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका निर्वाचक मण्डल अर्थात मतदाताकाे मतदाताधिकारलाइ सुरक्षित गर्न यस्ताे व्यवस्था गरिएकाे जानकारी अायाेगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयाे ।

अायाेगले स्थानीय तह र प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिलाइ दिएकाे निर्वाचित भएकाे प्रमाणापत्रका अतिरिक्त अायाेगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताकाे प्रमाणपत्रकाे अाधारमा पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन ६ वटै निर्वाचन अधिकृतकाे कार्यालयलाइ निर्देशन दिएकाे छ ।

प्रदेश २ बाहेकका छ वटा प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि माङ २४ गते मतदान हुँदै छ । कुल ५६ पदमध्ये २४ जना निर्विराेध निर्वाचित भइसकेका छन् भने अब ३२ पदका लागी मतदान हन लागेकाे हाे ।info.1contдомены сseo оптимизацияхарьковраскрутка сайтаprivate tours in st petersburg russia