काठमाडौं माघ २२

दुई दिनपछि हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्नो तर्फबाट मत बदर हुन नदिन एमाले–माओवादी केन्द्रले आइतबार प्रदेश–३ मा दुई पटक रिहर्सल मतदान गराएका छन्। पहिलो मतदानमा केही मतदाताको मत बिग्रिएपछि दोहोरयाएर मतदान गरिएको हो।

धोविघाट (ललितपुर) स्थित सिद्धार्थ कटेजमा भएको मतदान गर्ने तरिकासम्बन्धी ‘ओरियन्टेसन’ कार्यक्रम राखिएको थियो। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई रिहर्सल स्वरुप मतदान गर्न लगाइएको थियो।

पहिलो मतदानमा केही मतहरु बदर भएपछि नेताहरु सन्तुष्ट हुन सकेनन् र दोस्रो पटक मतदान गराइएको थियो।रिहर्सल मतदानका लागि एमाले–माओवादी केन्द्रले अधिबक्ता बाबुराम दाहाललाई मतदान अधिकृत को जिम्मेवारी दिएका थिए।

‘दुई पटकको रिहर्सल मतदानबाट हामी सन्तुष्ट छौं’ बरिष्ठ अधिबक्ता समेत रहेका माओवादी नेता मुक्ति प्रधानले भने, ‘हाम्रा मतदाताहरु एकल संक्रमणीय पद्दतिबाट हुने निर्वाचनका लागि निपूर्ण हुनु भएको छ।’

प्रदेश–३ बाट एक राष्ट्रिय सभा सदस्यमा विजय हासिल गर्न २ हजार ३ सय ९२ मत आवस्यक पर्छ। यो प्रदेशमा एमालेका ५ हजार १ सय ७८ मत छन् भने माओवादी केन्द्रका १ हजार ६सय ७८ मत छन्। यस हिसावले वामगठबन्धनका उम्मेदवारले सहज रुपमा विजय हासिल गर्ने पक्कापक्की रहेको प्रधानले बताए।

प्रदेश–३ मा नेपाली कांग्रेसका चाहिँ २ हजार २ सय १४ मत छन्। उसलाई १ सय ४४ मत रहेको विवेकशील साझा र ६६ मत रहेको नयाँशक्तिको समर्थन रहेकाले कांग्रेस उम्मेदवार राधेश्याम अधिकारीले पनि विजय हासिल गर्ने पक्कापक्की छ। समग्रमा ८ मध्ये यो प्रदेशबाट वामगठबन्धनले ६ र कांग्रेसले २ सिट जित्ने स्थिति देखिएको छ।купить вечную ссылкуобъектфутболки адидаспоказателисайт на yiiвинтовки кросман с газовой пружиной