हेटौडा , मकवानपुर कपडा तथा तयारी पोशाक संघले आज १ सय विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको छ ।मकवानपुर गढी गाउँपालिका ८ नम्बर वडामा रहेको रुपनारायण मावि बुढिचौरमा रहेको १ सय छात्र छात्राहरुलाई न्यानो पोसाक सहयोग गरेको जानकारी प्राप्त छ।

कार्यक्रममा मकवानपुर गढी गाउपालिकाको अध्यक्ष बिदुर हुमगाई , मकवानपुर तयारी पोशाक संघका अध्यक्ष समिरलाल डंगोल , उपाध्याय  रबिन्द्र घिमिरे, कोषाध्यक्ष नेत्र प्रसाद खतिवडा महासचिव तेजराज अधिकारी पवन दुलाल, जंंगबहादुर बस्नेत,लियो क्लबका सुसान्त खतिवडा लगाएतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष डंगोलले गाउपालिकामा रहेको अति बिपन्न र जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरूमा नि आफुहरुले निरन्तर सहयोग गर्ने बताएका थिए ।