राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सबको अवसरमा शुक्रबार बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान तथा केन्द्रीय कार्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गर्नुभएको थियो । बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भएका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यामा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।

बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा माघ ५ शनिबार गते बिहान ७ः३० बजे वित्तीय चेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना हुने भएको छ ।