काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसद र सडकमा कमजोर भएको टिप्पणी चलिरहेका बेला कांग्रेसले आज बुटवलमा सडक शक्ति प्रर्दशन गर्दैछ। शक्ति प्रर्दशन कार्यक्रममा ५० हजार मानिस उर्तार्ने कांग्रेसले जनाएको छ । उक्त कार्यक्रममा युवा नेताहरु बालकृष्ण खांण, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कंडेल, मानबहादुर विकले सम्बोधन गर्नेछन्  । 

कांग्रेसका शक्ति प्रर्दशनमा एजेन्डा के छन ?

१. पाँच नम्वर प्रदेशको राजधानी दाङ सार्न लागेको भन्दै प्रदेश नम्वर ५ र संघ सरकारलाई संयुक्त दवाव दिने ।प्रदेश सरकार गठन भएको एक बर्षसम्म पनि स्थायी राजधानी नतोकेर मुख्यमन्त्री शंकर पोखरेलले षड्यन्त्र गरेको आरोप कांग्रेसले लगाउँदै आएको छ ।

२ निर्मला बलात्कार काण्डका दोषिलाई उन्मुक्ति दिएको भन्दै भण्डाफोर गर्ने ।

३ पाँच नम्वर प्रदेशको गाडी खरिद प्रकरणलाई भण्डाफोर गर्ने ।
४ वाइडबडी विमान खरिद प्रकरण बारे भण्डाफोर गर्ने ।