सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुल्न लागेका दुई अस्पतालकाे समिति भंग गरिदिएपछि कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमवार आकस्मिक पत्रकारसम्मेलन गरि नेपालको राजनीतिमा महत्वपूर्ण योगदान गरेका नेताका नाममा निर्माण हुन लागेका अस्पताल विघटन गरे आन्दोलन गर्ने चेतावनी दिए। तनहुँस्थित बेलचौतारामा रहेको गिरिजाप्रसाद श्वासप्रश्वास अस्पताल र बाँकेमा निर्माणाधीन सुशील कोइराला क्यान्सर अस्पताल सरकारले बन्द गर्ने निर्णय गरेको भन्दै नेता पौडेलले आपत्ति जनाउनुभयो । बेलचौतारामा रहेको ३५ सैया क्षमताको उक्त अस्पताललाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको समय भारतले उक्त अस्पताललाई आर्थिक सहयोग गर्ने सैद्धान्तिक सहमति भएको थियेा।  

वरिष्ठ नेता पौडेलले सरकार विकास नभई विनाशको बाटोमा अघि बढिरहेको दावी गर्दै आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनी पनि दिनु भयो । मुलुकको शान्ति सुरक्षा, सुशासन र विकास तीन वटै काममा सरकार पूर्णत असफल भएकाे बताए ।