काठमाण्डौ । इंग्लिश प्रिमियर लीगमा एभर्टनले जीत निकालेको छ । आइतबार भएको खेलमा एभर्टनले बर्नामाउथलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको घरेलु मैदानमा भएको खेल पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा एभर्टनका क्रुट जुमाले ६१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए । त्यसै गरि खेलको अन्तिम मिनेटमा डाेमिनक कल्भर्ट लेविनले दोस्रो गोल गर्दै टिमलाई जीत दिलाएका थिए । यो जीतसंगै एभर्टन २२ खेलबाट ३० अंक जोड्दै तालिकाको १० औं स्थानमा उक्लिएको छ ।

खेल हारेको बर्नामाउथ २२ खेलबाट २७ अंक जोड्दै १२ औं स्थानमा रहेको छ । केहि समयपछि टोटेनह्याम र म्यान्चेष्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।