शिक्षा तथा स्वास्थ्य समितिबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने भएको छ ।

संशोधन सहित पारित विधेयक समिति सभापति जयपुरी घर्तीले १२ बजे बसेको बैठकमा पेस गर्ने संघीय संसद सचिवालयले जनाएको छ समितिले तयार बनाएको प्रतिवेदनमा ऐन लागू भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामुलक हुने व्यवस्था समेटिएको छ ।

विधेयकमाथि समितिको निर्णयमा काँग्रेसले फरक मतराखेको थियो भने माग सम्वोधन नभएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले १६ औं अनसन थालेका छन् ।

त्यस्तै आजको बैठकबाट अघिल्लो अधिवेशनमै छलफलमा आएका तीन वटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । तीन वटै विधेयक गत साउनमा संघीय संसद सचिवालयमा दर्ता भएर सैद्धान्तिक छलफल भएपनि संसद अधिवेशन अत्य हुँदा समितिमा दफावार छलफल हुन बाँकी थिए ।