काठमाडौं    माघ १९

भैरवनाथ गण रहेको भग्न लक्ष्मी निवास भैरवनाथ गण रहेको भग्न लक्ष्मी निवास

 शुक्रबार नेपाली सेनाले भैरबनाथ गणमा सैनिक जवानहरुलाई हातहतियार तथा बिस्फोटक पर्दाथका विषयमा जानकारी दिने कार्यक्रम राखेकाे थियो।
सेनाको आधारभुत तालिम लिएका जवानहरुलाई युनिट आधार तालिम अन्र्तगत हातहतियारका बिषयमा जानकारी दिन भैरबनाथ गण लगिएको थियो।
 
तालिममा प्रशिक्षकले बिस्फोटक पर्दाथ प्रयोगका बिषयमा जानकारी दिँदै थिए। त्यही बेला ठूलो आवाजसहित बम बिस्फोट हुनपुग्यो। घटनामा ६ नेपाली सेना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ। छोटो दुरी र सानो समूहलाई लक्षित गरी विस्फाेट गरिने ग्रिनेड बमबारे जानकारी बताइरहँदा विस्फाेट भएको थियो।
 
घटनामा परी घाइते भएकामध्ये सैनिक जवान दीपिका बस्नेतको अवस्था गम्भीर छ। उनको निधार र टाउकोमा छर्रा लागेको छ। घाइतेहरूको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइ रहेको छ।
 
रेशममाया घलेकाे स्वास्थ्यमा सुधार देखिएपछि उनलाई सैनिक अस्पताल छाउनी सारिएको छ। यसअघि टिचिङमा सामान्य उपचारपछि सैनिक जवानहरु शर्मिला खत्री, सुषमा कुमाल, पर्शुराम ठकुरी र विक्रम पाण्डेलाई सैनिक अस्पताल छाउनी लगिएको थियो।
 
सेनाको रेञ्जर फौज गणका रुपमा रहेका भैरबनाथ गणमा सेनासँग भएका हातहतियार तथा बिस्फोटक पर्दाथका विषयमा कक्षा सञ्चालन हुनेगर्छ। प्रयाेगात्मक कक्षाकै क्रममा शुक्रबार घटना भएको हो। नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकूल भण्डारीका अनुसार के कारणले घटना भयो भनेर अनुसन्धान भइरहेको छ।
 
महाराजगञ्जस्थित यो भवन अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरको निवास हो, जसलाई पछि राष्ट्रियकरण गरिएको थियो। १२ वैशाख २०७२ को विनाशकारी भूकम्पका कारण यो दरवार क्षतिग्रस्त अवस्थामा छ।

 

поискеавито дать обьявлениеанглийском обучениепаркетныйbeeline kodlariмонтаж плинтуса цена