काठमाडौँ माघ १९

नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको ‘टाइमिङ’ समान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको टिप्प्पणी गरेका छन्।

शुक्रबार विहान सामाजिक संजाल ट्वीटर मार्फत श्रेष्ठले स्वराज भ्रमणबारे यस्तो टिप्पनी गरेका हुन्। ‘सुष्मा स्वराजको नेपाल भ्रमण समान्य कुटनीतिक र राजनीतिक अभ्यास अुनकुल छैन्,’ उनले लेखेका छन्,‘यद्यपि उहाँलाई हामीले स्वागत गरेका छौं र भ्रमण फलदायी बनाउन कामना र कोसिस गरेका छौं।’

पूर्वपरराष्ट्र मन्त्री समेत रहेका श्रेष्ठले नेपालले आफ्नो प्रतष्ठिा कायम गर्नुपर्ने र राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

श्रेष्ठ जस्तै अन्य कतिपय नेताहरुले पनि नेपालमा पुरानो सरकारले सत्ता हस्तान्तरण गर्ने र नयाँ सरकार बन्ने संवेदनशील समयमा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको टिप्पणी गरेका छन्।स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रुपमा बिहिबार नेपाल भ्रमणमा आएकी छिन्।

हिजो भावी नेपालका प्रधानमन्त्रीका रुपमा समेत हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकी स्वराजले आज राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेट्दै छिन्।

boitoparbuy Rifle ammunitionпродвижение в соц сетяхуслуги сеохронограф для замера скорости пули купить