अग्निज्वाला-काठमाडौं माघ१८!विहीबार अपरान्ह नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिका सदस्यहरुसमेत सहभागी हुने गरी रात्रिभोजको आयोजना गरेका छन्।

सोल्टीमोडस्थित होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा विदेशमन्त्री स्वराज, विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार, नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी लगायत हुनेछन्।

विदेशमन्त्री स्वराजका लागि दिइने सो रात्रिभोजमा एमालेबाट ओलीका अलावा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीलगायतका नेताहरु रहने बताइएको छ।

‘विदेश विभागमा रहनु भएका नेताहरु पनि रात्रिभोजमा सहभागी हुनु हुनेछ’ एमाले नेता विष्णु रिमालले अग्निज्वालासँग भने। तर, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल देश बाहिर रहेकाले स्वराजलाई दिइएको रात्रिभोजमा सहभागी हुने छैनन्।

काठमाडौंमा नै रहेपनि उपाध्यक्ष बामदेब गौतम भने आजको रात्रिभोजमा सहभागी नहुने स्रोतले बतायो।

map of siberia and russiaсервисмобильныйавтоматизациисъемные скобы на зубыправильная перелинковка страниц сайта