नेपालका लागि चीनले नयाँ राजदूत पठाएको छ । यस अघिकी राजदूत यु होङको कार्यकाल सकिएपछि नेपालका लागि नयाँ राजदूतका रुपमा होउ याङछी आएकी छिन् । नवनियुक्त चिनियाँ राजदूत होउ याङछीले चीन–नेपाल सम्बन्धले विकासको नयाँ सम्भावना खोजिरहेको बताएकी छिन्। 
दूतावासमा जिम्मेवारी सम्हालेलगत्तै जारी गरेको सन्देशमा उनले नेपाल र चीनबीच सन १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता एक अर्कालाई समर्थन गर्दै आएको र समान व्यवहार गर्दै आएको बताएकी छिन्।

नेपालमा २१ औँ चिनियाँ राजदूतका रूपमा जिम्मेवारी सम्हाल्न आएकी याङछी राजदूतमा नियुक्त हुनभन्दा पहिले चिनियाँ विदेशमन्त्रालय अन्तर्गतको एसिया मामिला विभागको उपमहानिर्देशकका रूपमा कार्यरत थिइन्। उनी दक्षिण एसिया मामिलाकी विज्ञसमेत हुन्।

याङछीले दुई मुलुकले पञ्चशील र शान्तिपूर्ण सहअस्तित्वको आधारमा पारस्परिक लाभ र सहयोगको विकास गरिरहेको जनाएकी छिन्। याङछीले रोड एण्ड बेल्ट इनिसियटिभमा दुई मुलुक संयुक्तरूपमा अघि बढिरहेको र यसले कनेक्टिभिटी सहयोग, व्यापार र लगानी, ऊर्जा, कृषि, संस्कृति र पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने बताएकी छिन्। दुई देशका नागरिकबीचको अनुभव साटासाटले मित्रवत भावना थप सुमधुर भएको उनको भनाइ छ।

राजदुत याङछीले चिनियाँ राष्ट्रपति सी जिङ पिङको विचारबाट निर्देशित कूटनीतिअनुसार दूतावासले दुई मुलुक र जनतालाई लाभ हुनेगरी विकास र अनुभव साटासाट गर्ने र नागरिकको चासो प्रवद्र्धन गर्ने जनाएकी छिन्। उनले यसबाट दुई मुलुकको सम्बन्धमा नयाँ अध्याय सुरु हुने बताएकी छिन्।

याङछीले रोड एण्ड बेल्ट इनिसियटिभमा दुई मुलुक संयुक्तरूपमा अघि बढिरहेको र यसले कनेक्टिभिटी सहयोग, व्यापार र लगानी, ऊर्जा, कृषि, संस्कृति र पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने बताएकी छिन्। दुई देशका नागरिकबीचको अनुभव साटासाटले मित्रवत भावना थप सुमधुर भएको उनको भनाइ छ।

राजदूतको जिम्मेवारी सम्हाल्न हालै काठमाडौँ आइपुगेकी याङछीले आइतबार मात्र परराष्ट्र मन्त्रालयमा पुगेर ओहोदाको पत्र बुझाएकी थिइन्। उनले मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारीलाई उक्त पत्र बुझाएकी थिइन्।