वीपी काेइरालाले प्रतिपादन गरेकाे मेलमिलापकाे नीतिकाे अवसर पारेर नेपाली कँंग्रेसले देशैभरका ७७ वटै जिल्लामा साेमवार विशाल कार्यक्रम गरेकेा छ।पार्टीका शीर्ष नेता देखि केन्द्रिय सदस्य सम्म देशैभर छरिएर वीपी काेइरालाले प्रतिपादन गरेकाे मेलमिलापकाे नीतिकाे चर्चा गरि कार्यक्रम गरेका छन।

राजधानीमा भएकाे कार्यक्रममा सभापति शेरवहादुर देउवा र नेता गगन  थापा एउटै मञ्चमा थिए।उनीहरूले मेलमिलापकाे नीतिकाे सान्दर्भिकताकाे वारेमा बाेलेका थिए।

कार्यक्रममा सभापति शेरवहादुर देउवाले सरकारले मेलमिपाकाे नीतिकाे उल्लंघन गरेकाे आराेप लगाए।उनले सरकार एक्लै चल्न खाेजेकाे भन्दै सरकारकाे घाेर विराेध गरे।सभापति देउवाले सरकार विरूद्ध अब उत्रने समेत चेतावनी दिए।विपक्षी दलकाे अवस्थामा रहेकाे कांग्रेसलाइ कुनै कुरामा पनि वास्ता नगरेकेा उनकाे तर्क थियाे।सभापति देउवाले मेलमिलापकाे नीतिकाे अहिले पनि उतिकै आवश्यकता र अाैचित्य रहेकाे बताए।

साेही कार्यक्रममा युवा नेता गगन थापाले कम्युनिष्ट सरकारसंग लाेकतान्त्रिक आचरण नै नभएकाे आराेप लगाए।