काठमाडौ । एन आई सी एशिया बैंकले सानिमा लाईफ इन्स्योरेन्स कम्पनसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौतापछि अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २७० वटै शाखाहरुबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन ।

हाल एन.आई.सी एशिया बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।