काठमाडौं । प्रभु बैंकको नयाँ शाखा कार्यालय गुल्मीको रानीबासमा सुरुवात भएको छ । प्रभु बैंकले गुल्मी जिल्लाको रुरुगाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित उक्त कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।

रानीबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव एवं छिमेकी देश चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथिका रुपमा रहेको थिए । बैंकले रानीबास शाखाकार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत व्याजदरको कर्जा उपलब्ध गराएको छ ।

गुल्मी जिल्ला स्थित बैंकको रानीबास शाखा कार्यालय उद्घाटन कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।