काठमाडौं ।  नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री‘प्रचण्ड’ले तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु (गुरुङ) दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देशमा भनेका छन् ‘सांस्कृतिक विविधता नै हाम्रो देशको मौलिकता हो । यसप्रकारका सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुमा सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्दछ । मजबुत राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पुरा हुन सक्दछ । राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त हो । तमु ल्होसारले

नेपाली जनसमुदायमा सामाजिक एकता र बन्धुत्वको भावना विकास गर्न सकोस् भन्ने कामना गर्दछु ।’