नेकपा अध्यक्ष प्रचण्डले काम नगर्ने र सरकारले खटाएकाे ठाउमा नजाने कर्मचारीलाइ कारवाही गर्नुपर्ने बताएका छन।काभ्रेमा भएकाे कार्यक्रममा शुक्रवार वाेल्दै अध्यक्ष दाहालले राष्ट्र सेवक भनिएका कर्मचारी संविधानको मर्म र भावना अनुसार र ऐन कानूनको व्यवस्था अनुसार देशको कुनै पनि भागमा सरकारले खटाए अनुसार जानुपर्ने बताए । उनले भने-यदि जान तयार नहुने हो भने राज्यले बिदा गर्दिनु पर्दछ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन तिर लाग्नु पर्दछ ।उनले अब ऐनहरु बन्न थालेको बताउदै संघ, प्रदेश र स्थानीय सबैतिर कर्मचारी सामायोजनको प्रक्रियाको सुरुवात हुन लागेको बताए । 

अध्यक्ष दाहालले भने-संविधानसभाको निर्वाचन गरेर नेपालको इतिहासका हामी गौरवशाली पुस्ता भयौं । त्यो संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । एउटा देशमा संविधानसभाको निर्वाचन एक पटक मात्र हुन्छ । हामी यसका सहभागी, साक्षी र सहयात्री बन्यौं ।
नेपाली जनताले २०१९ साल पछि यी कम्युनिष्ट भन्नेहरु मिलिदिए हुन्थ्यो भन्ने चाहाना राख्दै आएका थिए । तर अहिलेसम्म पुरा हुन नसकेको कुरा पनि तपाई हामी नै साक्षी बसेर र सक्रिय भएर हाम्रै सहभागितामा कम्युनिष्ट पार्टीको बलियो एकता कायम भयो । अहिले नेपालमा एउटा बलियो र स्थिर सरकार बनेको छ, जसले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएर जाने संकल्प गरेको छ । यो पनि नेपाली इतिहासमा एक पटक हुने कुरा हाम्रै पालामा भयो ।