कसरी पुगे नेपाली युवती चीनका डान्सबारमा ?

नेपाल र चीनको एकमात्र नाका रसुवागढीबाट तस्करहरुले युवतीहरुलाई नक्कली कागज पत्र बनाएर पठाउने गरेका छन् । अन्य जिल्लाका बासिन्दालाई चीन जान भिषा आवश्यक पर्छ भने रसुवाका बासिन्दालाई चीनको केरुङसम्म जान स्थायी बसोबासको परिचय पत्र भए पुग्छ । यही परिचय पत्रका आधारमा केही समुहले युवती तस्करी गरिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

डान्सबारमा कार्यरत युवतीहरु यौन शोषणमा परेको गुनासो पनि आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाडले बताए । -पछिल्लो समय केही गिरोह सक्रिय भएको हामीले पायौ, कतिपयलाई पक्राउ गरी मानव बेचबिखनमा मुद्दा पनि चलाएका छौ,-प्रहरी प्रमुख तामाङले भने-पछिल्ला केही समयमा मात्र हामीले एक सय युवतीलाई नाकाबाटै फर्काएका छौ । अब यसलाई सरकारले कसरी लेला हेर्न बाकी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *