काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थगित स्थायी समितिको बैठक आज विहानबाट जारी छ ।

स्थायी समितिका ४३ सदस्यले धारणा राखिसकेपछि २ दिन स्थगित भएर पुन सुरु भएको बैठकमा आज अध्यक्षद्वयले सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।तयारीअनुसार स्थायी समितिका सदस्यहरुले उठाएका प्रश्न, असन्तुष्टीलाई सम्बोधन गर्न सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १ घण्टा र त्यसपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले ढेड घण्टा बोल्ने कार्यक्रम तय भएको छ ।

दुबै अध्यक्षहरुले जवाफ दिदाँसमेत स्थायी समिति सदस्यहरुले चित्त बुझाएनन् भने के होला त्यो चाहिँ हेर्न केही समय कुर्नुपर्ला।