राजनीतिक भाषण,गफ र उखान तुक्काले देश समृद्ध बन्दैन भन्ने कुरो अहिलेका पि यम ओलि सरकारको आर्थिक स्थितिलाई हेर्दा हुन्छ । केपी ओलीले दुइ तिहाइ मतको  सरकारि वागडाेर समालेको दस महिना पुगेकाे छ। नाराले नेताकार्यकर्ता र जनतालाई समृद्ध बनाइए पनि आर्थिकरुपले  अहिलेसम्म पनि अरू त अरू स्वयम नेकपा कै नेता कार्यकर्ताले पनि सन्ताेषकाे श्वास फेर्ने काम सरकारले गर्न सकेकाे छैन।ओलिको सरकार बने यता आर्थिक वातावरण गतिलाे हुन सकेकाे छैन।समृद्ध नेपाल र सुखी नेपाली भनेर सरकारले नारा दिएपछि आर्थिक विकास विनाकाे समृद्धि कसरी आउँछ भनेर प्रश्न गर्ने बेला आएको छ।यसैक्रममा ओलि सरकार बने यता आर्थिक तथ्यांकलाइ ध्यान दिएर हेर्ने हाे भने ओली सरकारकाले ग्राफ गत असार भन्दा हवात्तै झरेकाे छ।

कात्तिकसम्मको आर्थिक स्थिति

– चालु खाता घाटा ८८ अर्ब ६४ करोड

– शोधनान्तर घाटा ५७ अर्ब ३३ करोड

– विदेशी विनिमय सञ्चिती (डलरमा) ६.५% घट्यो (असारको तुलनामा)

– वैदेशिक व्यापारमा ४ खर्ब ५४ अर्ब घाटा

– वैदेशिक लगानी ५१.३% घट्यो

– रेमिटेन्स ३६.४% बढ्यो

– मुद्रास्फिति ४.२%

यहा उल्लेख गरिएकाे रेमिटयान्स समवन्धी तथ्यांक वाहेक बाकी सवै तथ्यांकले ओली सरकार तल झरिरहेकाे देखाउछ।तर रेमिटेन्यस भने बढेकाे देखिन्छ।के रेमिटेन्स बढनमा सरकारकाे कुनै भुमिका छ ? के ओली सरकार आएपछि वैदेशिक राेजगारीकाे नया गन्तब्य वा नया तलब वा सेवा सुविधाकाे स्केल बढेकाे छ ? हुदा हुदा मलेसियामा फ्रि भिसा र फ्रि टिकट कुरा गरेपनि याे प्रक्रिया अघि नै बढन सकेकाे छैन जबकि हाम्राे नेपालीहरू सवैभन्दा धेरै मलेशियामा नै छन।

दुइ तिहाइ मतको बलियाे भनेकाे सरकारकाे नै याे हालत भएपछि अब नेपाल कसरी समृद्ध हुने ?गफले ? उखानले ? वा तुक्काले ?