काठमाण्डौ । राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने मूल नाराका साथ १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।
यही पुस १३ गतेदेखि १९ गतेसम्म भृकुटी मण्डपमा फुटवेयर म्यानुफ्याक्चर्स एशोशियनशन अफ नेपालको आयोजनामा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो । १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी व्यवस्थापन मूल समितिका संयोजक नवराज गौतमले आज आयोजित पत्रकार सम्मेलनमा मेलाको उद्देश्यका बारेमा प्रकाश पारे ।

नेपाल भर छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु उपभोक्ताहरुले एउटै छानामुनि अवलोकन तथा छनौट गरी प्रतिपष्र्धी मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्नु प्रदर्शनीको उद्देश्य रहेको छ ।