काठमाण्डौ ।  एनआइसी एशिया बैंकले इटहरीको पचरुखीमा आफ्नो २७० औ शाखा कार्यालय संचालनमा ल्याएको छ । १४ लाख ग्राहक संख्या रहेको बैंकको नयाँ शाखा इटहरी उपमहानगरपालिका वडानम्बर ५ स्थित पचरुखीमा संचालनमा आएको हो । बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले पुस ९ गते एक समारोहका बीच उद्घाटन गरे । हाल यो बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् । 

बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।