दाङ पछिल्लो समय नेपालमा धर्मको बारेमा व्यापक बहस भैरहेको बेला दाङमा गोरुसँग लुकाएर राष्ट्रिय जनावर गाईको तस्करी बढेको छ। गोरुभन्दा गाई सस्तो मुल्यमा पाइने भए पनि मासुका लागि खरिद बिक्री गर्न नपाइने भएकाले गोरुसँगै लुकाएर नेपालबाट बंगलादेशतर्फ गाई तस्करी भइरहेको हो।सरकारले गाई लाई राष्ट्रीय जनावारको रुपमा मान्दै आएको भएपनि गोरुको तस्करी रोकीएको छैन ।गोरू ट्रकमा लोड गरेर लैजादै गरेको अवस्थामा दाङको लमहीमा हिन्दु जागरण नेपाल लमही नगर कमेटीले ट्रकलाई नियन्त्रणमा लिएका छन् ।
भिमदत्त नगरपालिका कञ्चनपुर बाट झापाको नमुना गैरी गाउँ वडा नम्बर ३ अर्गानि एक्ग्रिकल्चर फर्ममा लैजाने भनियको अबस्थामा  लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटिमा हिन्दु जागरण नेपाल नगर कमेटी लमहीले नियन्त्रणमा लिएको हो ।गोरूहरू ६ वटा ट्रकहरूमा २७ वटाको दरले लोड गरिएको छ । ना ६ ख १८४४, ना ६ ख २८६७, ना ५ ख ८६६५, ना ५ ख ७५४३ , ना ६ ख २८६८ र ना ३ ख १२ नम्बरको ट्रकहरूमा लोड गरिएको छ । गोरू लोड गरिएको ट्रक छाड्दैनौ, हिन्दु जागरण नेपाल नगर कमेटी लमहीले भन्यो हामीले आगो लगाउँन परे पछि हट्ने छैनौ ।
‘दाङका सिडिअो साबलाई यस बिषयमा जानकारी गराईयो’ तर कुनै एक्सन भएन’ उनिहरुले गुनासो गरे ।

यस्तै एक ट्रकका चालक उमेश जोशिले भिमदत्त नगरपालिका गौशाला बाट गोरुहरु लिएर आएको बताएका छन् । ‘यो भन्दा पहिला लोड गरिएको थिएन’ पहिलोपटक हो, डाडाबाग ढुवानी सेवाले पठाएको हो, अलपत्र परियो, चालकले गुणासो गरे ।स्कटिंगमा गोरु आउदै गरेको जानकारी पाए पछी हिन्दू जागरणले ट्रक नियन्त्रणमा लिएको बताएका छ्न ।
लमहीको ट्रक समितिमा अगाडी रोकी राखेका ट्रकहरूलाई कारवाही गर्नमा प्रहरी प्रशासनले आनाकानी समेतत गरिरहेको हिन्दू जागरणले जनाएको छ ।