ओलीको सपथमा मोदीको सहभागिता हुने सम्भावना

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको सम्बन्ध विशेष चर्चामा छ ।

अब बन्ने सरकारको प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई मोदी आफैँले दुईपटक सम्म टेलिफोन गरेर प्रधानमन्त्रीका लागि बधाई दिदै दुई देशबिचको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएका थिए ।

मोदी र ओलीबिच राम्रो सम्बन्ध नभएको भन्ने चर्चा चिर्दै मोदीले ओलीसँगको सम्बन्ध निकट बनाउँदै छ । भारतको गणतन्त्र दिवसको अवसर पारेर ओलिले मोदीलाई पत्रमार्फत शुभकामना सन्देश पठाएका छन् ।

यसै गरि  आफ्नो नेतृत्वको सरकारकी विदेश मन्त्री शुष्मा स्वारजलाई नेपाल भ्रमणमा पठाउदै छन् । स्वराजको भ्रमणलाई पनि मोदी र ओलीबिचको सम्बन्धसँग जोडेर हेरिएको छ ।

नेपालमा अब बन्ने सरकारको नेतृत्व गर्न लागेका ओली करिब फागुनको तेस्रो साता प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै छ । सोही समय पारेर मोदी नेपाल भ्रमणमा आउने चर्चा सुरु भएको छ ।

ओलीको प्रधानमन्त्रीको सपथग्रहणकै बेला मोदी आउन लागेका हुन् कि भन्ने अनुमानसमेत गर्न थालिएको छ ।

मोदी नेपाल आउने भनिएको समय र ओली प्रधानमन्त्री बन्ने समय मेल खाने भएकाले ओलीको सपथ ग्रहण कार्यक्रममै मोदीको उपस्थिती हुने अाकलन गरिएकाे छ ।

интернет движокrussiaмузыкальное образование в сшаsmarfonyяндекс вебмастер оригинальныеучеба за границей магистратура

Leave a Reply

Your email address will not be published. Required fields are marked *