सिरहा, सिरहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिक प्रेसरकुकर बम भेटिएको छ ।  गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीदेखि ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ आइतबार बिहान  प्रेसरकुकर बम भेटिएको हो । प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकिन हुन सकेको छैन । घटनास्थल अहिले सिरहाको चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम स्पिोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर राखेको छ । त्यस क्षेत्रमा आवतजावत बन्द गरिएको छ । बम फेला परेको स्थानमा‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ ।