राजतन्त्रका पक्षधर पूर्वप्रधानमन्त्री गिरी रहेनन् : उहाँ प्रती हार्दिक श्रद्धाञ्जली

पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ ।

राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे । महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए ।

०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्के र मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई साथ दिए । राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए । बरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि अविचलितरुपमा राजतन्त्रका पक्षधर रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *