३३ किलो सुनसहित दुई नेपाली भारतमा पक्राउ, नेपालबाट हराएको सुन हुनसक्ने आशंका

भारतको राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार गत शुक्रबार उक्त सुन स्फ्टि कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी भइरहेको थियो । कारबाट सुनका ३३ वटा बिस्कुट बरामद भएको हो ।

भारतमा भेटिएको सो सुन नेपालबाट हराएको सुन भएको हुनसक्ने आशंका गरिएको छ । सुनसहित भारतमा पक्राउ पर्नेमा हेमप्रसाद शर्मा र राकेशप्रसाद रहेको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका सहसचिव ईश्वराज पौडेलले भारतमा भेटिएको सुन नेपालबाट हराएको सुन हुनसक्ने बताए ।

गृहमन्त्रालयले लामो समयदेखि सहसचिव पौडेलकै नेतृत्वमा हराएको सुनका विषयमा अनुसन्धान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २०७४ माघको पहिलो साता भित्रिएको साढे ३३ किलो सुन हराईरहेको छ । नेपाली अधिकारीहरुले भारतमा बरामद भएको सुन नेपालबाट हराएको हुनसक्ने भन्दै अनुसन्धान थालेका छन् ।

अहिले भारतमा भेटिएको सुन चूडामणि उप्रेती उर्फ गोरेको हो या होइन भन्ने विषयमा भेरिफाइ गर्ने काम भइरहेको छ । गोरेले तस्करी गरेर ल्याएको सुन हराएको थियो । गोरे अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *