काठमाडौं, १७ माघ । राष्ट्रिय जनता पार्टी, संविधान संसोधनको सुनिश्चितता सहित सरकारमा सहभागी हुने भएको छ । बामगठबन्धनको नेतृत्वमा सरकार बन्ने निश्चित प्राय भए पनि कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने टुङ्गो लागिनसकेको समयमा पनि राजपाका नेताहरुले सरकारमा जाने मनस्थिति बनाएका छन् । राजपा नेता राजकिशोर यादवले वाम गठबन्धनसँग छलफल भइरहेको र सहमति भए सरकारमा जाने जानकारी दिनुभयो !

उहाँका अनुसार एमाले र माओवादीसँग छुट्टा छुट्टै छलफल पनि भइरहेको छ । राष्ट्रियसभा निर्वाचनको मिति नजिकदै गर्दा दलहरु, निर्वाचन तालमेलको प्रयासमा लागेका छन् । बाम गठबन्धन बलियो रुपमा तालमेलमा लागेपछि नेपाली कांग्रेसले पनि मधेसवादी दलहरुसंग चुनाबी तालमेलको लागि आन्तरिक छलफल चलाइरहेको छ ।

प्रदेश नम्बर २ को सरकार गठनका बिषयमा भने संघीय समाजवादी फोरम नेपाल र राजपाबीच आन्तरिक छलफल भइरहेको छ । दुई दलबीच, मुख्यमन्त्री, सभामुख, उपसभामुखका बारेमा सहमति भइसकेको छैन ।

системspark-interfaxчто поделатьпокарандаш для глаз как пользоватьсяпокупка статей для продвижения сайта