समय अनुसार राजनीति बद्लिने रहेछ प्रसङ्ग ८ बर्ष अघिको हो । जुन समय यस्ताे पनि थियाे झलनाथ खनाल प्रधानमनत्री हुँदा ओली पार्टी विपक्षीमा हुन्थे।एउटा गुट चलाउँथे र त्यसैकाे वरिपरि रहेर बस्थे।माधव नेपालकाे सरकार ढलेपछि सात महिनासम्मकाे चुनाव पछि बल्लतल्ल झलनाथ खनाल प्रधानमनत्री भए।उनलाइ प्रधानमन्त्री बनाउन प्रचण्डकाे मुख्य भुमिका रहयाे।याे घटना आज भन्दा ८ बर्षअघिकाे हाे।झलनाथ खनाल प्रधानमन्त्री हुदा एमालेकै ओली चाहि सवैभन्दा कटुआलाेचक भएका थिए।आफनै पार्टीकाे सरकार हुदा पनि उनी सार्वजनिक सञ्चार माध्याम-हाम्रै पार्टीकाे सरकार छ भन्ने सुनेकाे छु भनेर गैरजिम्मेवार अभिब्यक्ति दिन्थे।यस्तैमा वार्ताकाे क्रममा ओली वालुवाटार गए।तर वालुवाटारमा सेक्युरिटी गार्डले भित्रबाट तपाइकाे नाम आएकाे छैन,हामी साेध्छाैं भन्दा यस्ताे अपमान सहेर बसिन्न भन्दै अब देखि झलनाथ प्रधानमन्त्री रहेसम्म म वालुवाटार आउन्न भनेर ढाेकैबाट फर्किएका थिए। ओली झलनाथ रहेसम्म वालुवाटारमा गएनन पनि।अहिले नेकपाका चार जना नेताले सचिवालय वैठक बहिष्कार गरेपछि झलनाथ र केपीकाे याे हर्कत खुव चर्चामा छ।के अब अहिले ओलीकाे वैठक बहिष्कार गर्ने झलनाथले यसैगरि वालुवाटार नजाने कसम खालान ?