अहिले नेकपामा प्रदेश कमिटी देखि लियर पार्टीका विभिन्न कमिटीमा धेरै असन्तुष्टि भुसको आगो जसरी मौलाउनुको कारणले नेकपामा बहिष्कार कान्ड घटेको छ।पार्टीमा एकलौटी गर्ने अनि बैठकको समयमा पनि अलमल गर्ने कारणले ओलि प्रति सचिवालय नेताको असन्तुष्टि बाहिर आएको हो ।
यसैक्रममा शनिवार नेकपा सचिवालय वैठक डाकेर क्यान्सरपीडितले दिन अाएका ज्ञापनपत्र वुझेर बसेका प्रधानमन्त्री अाेली वैठकमा लामाे समय सम्म नअाएपछि पार्टीका चार जना बरिष्ट नेता वैठक बहिष्कार गरेर हिंडे।३ बजे भनिएपनि साढे तिन बजेसम्म पनि अाेली वैठकमा नअाएपछि माधव नेपाल,झलनाथ खनाल,वामदेव गाैतम र नारायणकाजी श्रेष्ठ बैठक नै छाडेर हिडेकाे स्राेतकाे दावी छ। बाहिरिने क्रममा नेताहरूले ओलिको घण्टाैंसम्म अन्य मानिसलाइ कुराउने  बानी प्रति असन्ततुष्टि व्यक्त गरेे । उनीहरू हिडेपनि ४ बजेदेखि वाकी ५ जना सचिवालय सदस्यकाे सहभागीतामा वैठक बसेको बताइएकाे छ।यद्यपि उनीहरूविच अाैपचारिक विषयमा छलफल नभएकाे बताइन्छ। तर पनि नेताहरु बिच बहिष्कार बारे छलफल भएको बताइन्छ।