प्रधानमन्त्रीलेे आफनो स्वभाव अनुसार एक तीर धेरै शिकार गर्न खोजछन ।पछिल्लो पटक ओलीको झटारोको शिकार वुद्धिजीवि वर्ग भएका छन । तर उनले कुन खालका बुद्धिजीविलाइ यसो भनेका हुन भन्ने खुलेको छैन । 
एक सार्वजनिक कार्यक्रममा उनले वुद्धिजीविको हैसियत र असलियत देखाइदिने अभिब्यक्ति दिएपछि अहिले प्रधानमन्त्री विरुद्ध वुद्धिजीविहरु खनिन थालेका छन । 

यस विचमा सरकारले भौतिक विकासका निकै ठुला ठुला कुरा गरिसकेको छ । घर घरमा ग्यास पाइप देखि सुरुङ निर्माण सम्मका कुरा भइसकेका छन तर सरकार बनेको ९ महिनामा सरकारले ल्याएको बजेट चार महिनावितिसक्दा पनि जम्मा विकास बजेट ८ प्रतिशत मात्र खर्च भएको छ ।

जब सरकारले सिन्डिकेट हटाउने,सुन काण्डको नाइकेलाइ समाउने,काम नगर्ने ठेकेदारलाइ कारवाही गर्ने लगायतका कुरा गरेको थियो त्यतिवेला बुद्धिजीवि मात्र होइन आम जनताले समेत सरकारलाइ समर्थन गरेका थिए । तर,वोली एकातिर र काम अर्कोतिर हुन थालेपछि नेपाली सञ्चार माध्याम देखि वुद्धिजीवि बर्गले समेत सरकारको आलोचना गर्न थालेको हो । पछिल्लो पटक त क्रिश्चियन धर्म प्रचार गर्ने आइएनजिओले गरेको कार्यक्रममा स्वयम प्रधानमन्त्री तिन दिन सम्म वालुवाटार नै छाडेर सोल्टी होटलमा बसेपछि वुद्धिजीविले यसको खरो विरोध गरे ।

यहि विरोध खप्न नसकेर प्रधानमन्त्रीले सवै वुद्धिजीविलाइ एकसाथ गाली गरे । तर उनको यो धम्कीबाट वुद्धिजीवि भने डराएका छैनन बरु उल्टै प्रधानमन्त्री ओली विरुद्ध खनिन थालेका छन ।

सञ्चार माध्याममा धेरै वोलिरहने मध्येका डा सुरेन्द्र केसीले प्रधानमन्त्रीलाइ असलियत खुलाइदिन चुनौती दिदै खुल्ला मञ्चमा खुल्ला बहको निम्तो नै दिएका छन । उनको यो चुनौती पछि त झन राजनीतिक माहौल झन गर्मिलो भएको छ ।