काठमाडौं माघ १७नेपाली क्रिकेट टोलीनेपाली क्रिकेट टोली डिभिजन दुईको तयारीका क्रममा नेपालले यूएई ‘ए’ सँग बुधबार दोस्रो अभ्यास खेल खेल्दैछ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ थालेको छ।दुबई स्थित आइसीसी ग्लोबल एकेडेमीको ओभल एक मैदानमा सुरु भएको खेलमा नेपाली पारीको सुरुवात ज्ञानेन्द्र मल्ल र दीलिप नाथले गरेका छन्।

यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपालले यूएई ए लाई २१ रनले पराजित गरेको थियो।पहिलो अभ्यास खेलको तुलनामा नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ।

तीव्रगतिका बलर ललितसिंह भण्डारीका स्थानमा सोमपाल कामीलाई मौका दिइएको छ भने बसन्त रेग्मीका स्थानमा सन्दीप लामिछानेलाई खेल्ने भएका छन् तर, अघिल्लो खेल पनि नखेलेका शरद भेषवाकर यस खेलमा पनि सुरुवाती एघारमा छैनन्।

माघ २५ गतेबाट सुरु हुने डिभिजन दुइकाे तयारीका लागि हाल युइएमा रहेको नेपाली टोलीका लागि यो अभ्यास महत्वपूर्ण छ।

подборситалиямониторинга анализ смитуфли на танкетке фотоpedrollo