काठमाडाैं ।  ने क पा को सचिवालय बैठक अाज बुधबार ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटार  बोलाइएको छ । गृहकार्य नपुगेको भन्दै सोमबार र मंगलबार स्थगित भएको बैठक अाज बस्न लागेको हो । स्रोतका अनुसार ४ बजे  सचिवालय बैठक बस्ने भएपछि अाज बिहान अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले तयार पारेको तल्लो तह र जनवर्गीय संगठनको एकताको मोडेलका विषयमा छलफल हुनेछ । केन्द्रिय सदस्यहरुको कार्यविभाजन, पोलिटब्यूरो गठन, केन्द्रीय विभाग र सल्लाहकार समिति गठन तथा जनवर्गीय संगठनहरुको एकताको बिषयबारे बैठकमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए । त्यस्तै बैठकमा सरकारबारे पनि छलफल हुने बताइएको छ । बैठकमा असन्तुष्टि रहेका नेकपाका २१ जना केन्द्रीय सदस्यहरूले दिएको ज्ञापनपत्रबारे पनि छलफल हुने बताइएको छ ।