काठमाडाैं ।राजनीतिमा नेतालाई  चलाउन सिपालु मानिने प्रचण्डले  केन्द्रीय कमिटी बैठकको माग गर्दे पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका नेकपा २२ केन्द्रीय सदस्यसँग छलफलका लागि  खुमलटारस्थित आफ्नो निवासमा निम्तो दिएका छन् ।

छिटो केन्द्रीय कमिटीको बैठक माग, केन्द्रीय सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने मागका साथ २२ केन्द्रीय सदस्यले ५ असोजमा पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए ।

केन्द्रीय सदस्य डा बिजय पौडेलको नेतृत्वमा बुझाइएको ज्ञापन पत्र र उनीहरुको सरोकारको विषयमा छलफल गर्न आज दिउँसो २ बजे खुमलटारमा ती केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो ।