काठमाडौं : केन्द्रीय पञ्जीकरण विभागले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने सरकारको निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन कुरेर बसेको जनाएको छ । सरकारले यही माघ १० गते ६५ वर्ष पुगेको वृद्ध–वृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।यसअघि सरकारले ७० वर्ष पुगेकालाई मात्र सो भत्ता दिँदै आएको थियो ।

विभागका सामाजिक सुरक्षा शाखाका अधिकृत सविता बस्नेतले सरकारले निर्णय गरे पनि कार्यान्वयनका लागि मन्त्रालयले निर्देशन दिएपछि मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताए ।विभागले अहिले पहिलो चौमासिक सामाजिक सुरक्षाभत्ता विवरण गरिसकेको छ भने अब दोस्रो चौमासिकको भत्ता वितरणका लागि तयारी गरेको छ । सरकारले ६५ वर्षमा वृद्धभत्ता दिने निर्णय गरेपछि सो उमेर समूहका मानिस वृद्ध भत्ता कहिले पाइन्छ भन्दै चासो राख्न थालेका छन्।

лакшери что этосWindows Performance Station отзывымодные ботинки 2017-2018дніпропетровське взуття інтернет магазин