१७ माघ – राष्ट्रपतिको विषयलाई लिएर एमालेभित्र विवाद चर्किन थालेको छ। मंगलबार एमाले स्थायी कमिटि बैठकमा ओलीले विद्या भण्डारीलाई फेरि राष्ट्रपतिमा उठाउने प्रस्ताव गरेपछि विवाद देखा परेको हो ।

ओलीले उक्त प्रस्ताव राखेपछि बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्वीकार गरेका थिए । उनले एकै व्यक्तिलाई दोहोर्याउन नहुने अडान लिए ।

खनालले आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । बैठकमा ओलीले भण्डारीलाई नै पूनः दोहोर्याउने प्रस्ताव गर्न नपाउँदै उनले त्यसको विरोध मात्रै गरेनन् । निर्णय नगर्दासम्म सशक्त प्रतिवाद गर्नेसम्मको संकेत दिएको स्रोतको दाबी छ । खनालले झर्केर उक्त अडान लिएपछि ओली पनि कड्कीएका थिए । उनीहरुबीच केहीबेर विवाद भएको थियो ।

ओलीको उक्त प्रस्तावबारे अर्का बरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भने मौन देखिएका थिए ।  ओलीले यसअघि नै कम्तिमा राष्ट्रपतिले पाँच वर्ष चलाउन पाउनुपर्ने आफूहरुको मान्यता भएकोले अहिलेको राष्ट्रपति भण्डारीलाई दोहोर्याउने धारणा सार्वजनिक गरेका थिए ।

भण्डारीलाई राष्ट्रपति दोहार्याउन नहुने भन्दै खनाल पक्षले आफ्नोे कुरा राख्दै आएको छ । यता भण्डारीले आफूलाई नै दोहोर्याउन अ‍ोली र प्रचण्डलाई दबाब दिँदै आएकी छन् । ओलीेले भण्डारीको पक्ष लिएका छन् । उनले यसअघि नै भण्डारीलाई राष्ट्रपति बनाउन आश्वाशन दिई सकेको स्रोतको दाबी छ ।keeping budgetскоростьсетяхrossiботінки жіночі 2016beautiful place in russia