उनीहरुले कोठा भाडामा लिएर समेत ती युवतीलाई अनैतिक क्रियाकलावमा सम्लग्न गराउने गरेको बताइएको छ । प्रहरीले होटलमा छापा मार्दा तिम्सिना फरार रहेकाले विशेष प्रहरीको सहयोगमा उनलाई काठमाडौंबाट आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।यस अघि पक्राउ परेका सिटौलालाई मानव बेचविखन तथा ओसार पसार मुद्धामा म्याद थप गरी कारवाही अघि बढाएको प्रहरी नायव उपरीक्षक कोइरालाले बताउनुभयो ।

पछिल्लो समय बिर्तामोडमा हुने यौनजन्य क्रियाकलाव रोक्न प्रहरीले विशेष अभियान चलाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रमुखको जिम्वेवारी सम्हाल्न डीएसपी कोइराला आएसंगै होटलमा हुने यौनजन्य क्रियाकलाव रोक्न उहाँले विशेष अभियान चलाउनुभएको छ । अभियानका क्रममा दुई महिनामा होटल सञ्चालक सहित यौनजन्य गतिविधिमा सम्लग्न भएको आरोपमा झण्डै ९० जनालाई पक्रा गरी कारवाही अघि बढाएको डीएसपी कोइरालाले बताउनुभयो ।

кповеденческие факторы yandex в и googleadvisor.wmtransfer.comсетяхфанера на полpayperprofits развод