काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल रहेको कार्यदलले तयार पारेको संगठन एकीकरण र पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडसम्बन्धि प्रस्ताव पेश गरिएको थियो।
सो प्रस्तावलाई अन्तिम रुप दिन शुक्रबार पुनः सचिवालयको बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
अाजकाे बैठकले पार्टीको सांगठनिक एकीकरणको कामबारे आवश्यक निर्णय लिन स्थायी समिति बैठक बोलाउने पनि निर्णय गरेको छ।