काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिबार अपरान्ह ४ बजेका लागी सचिवालयको बैठक बोलाएको छ ।

पार्टी एकता भएको लामो समय वितिसक्दा समेत केन्द्रीय समितिबाहेक अन्य तहका एकता हुन नसकेपछि आममा एकताबारे संशय र कार्यकर्ताहरुमा निराशाको अवस्था सिर्जना भएको थियो । 

पौडेल र थापाले प्रदेश समिति र जिल्ला नेतृत्वको बारेमा प्रस्ताव तयार बनाएका छन् । उक्त प्रस्ताव आज बस्ने सचिवालयको बैठकमा प्रस्तुत हुनेछ र सम्भवत आजै पारित समेत हुनेछ ।

महासचिव पौडेलका अनुसार उक्त प्रस्ताव आज बस्ने सचिवालयको बैठकमा प्रस्तुत हुनेछ र सम्भवत आजै पारित समेत हुनेछ ।

जनवर्गिय संगठन तथा अन्य निकायहरुको एकताबारे भने आज छलफल चल्ने सम्भावना नरहेको बताइएको छ ।