किन सुष्मा नेपाल आउँदैछिन ?

ओलीसँग सहकार्य गर्न मोदी तयार रहेको सन्देश दिन सुश्मा नेपाल भ्रमणमा अाउँदैछन् ।वेइटिङ प्राइमिनिस्टर केपी अाेलीलगायत नेताहरूलार्इ भेट्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल अाउँदैछिन् ।नेपालस्थित भारतीय दूतावासले विदेशमन्त्री शुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणको तयारीबारे अाधिकारिक जानकारी सार्वजनिक गर्दा नेपालको परराष्ट्र मन्त्रालयसँग यसबारे अझै बखबर छ ।

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले अाफुहरूलार्इ अाैपचारिक जानकारी प्राप्त नभएकाे बताउने गरेका छन् ।आगामी बिहीबार र शुक्रबार दुई दिन भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा हुनेछिन् । यद्यपी उनको यो नियमित वा कुनै विजनेस भ्रमण होइन ।कुनै औपचारिक द्वीपक्षीय वा त्रिपक्षीय बैठकहरु पनि यसबीचमा छैनन् । तर, पनि नरेन्द्र मोदीको विशेष सन्देश लिएर उनी काठमाडौं आउँदैछिन्

सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेतासमेत रहेकी स्वराजको यो भ्रमण नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि हुन लागेको सत्ता परिवर्तनसँग जोडिएको छ । वामपन्थी गठबन्धनको सरकार बन्नुअघि नै आफू नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिन मोदीले स्वराजलाई पठाउन लागेको परराष्ट्रका अधिकारीहरुको अनुमान छ ।

त्यसो त भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि यो भ्रमणका क्रममा स्वराजले नेपालका राजनीतिक नेताहरुसँग छलफल गर्ने जनाइएको छ । यसलाई उच्चस्तरीय भ्रमणको संज्ञा साउथ ब्लकले दिइसकेको छ । भारतीय दूतावासनिकट स्रोतका अनुसार नयाँ सरकार गठन हुनुअघि नै भएको स्वराजको यो भ्रमणले मोदीले नेपाललाई उच्च प्राथमिकतामा राखेको सन्देश हो ।

नेपालमा हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि भारतमा धेरै प्रतिक्रियाहरु दिएको छ । वाम गठबन्धनको जित र केपी ओली प्रधानमन्त्री हुने कुराले भारतलाई फाइदा नहुने र चीन हावी हुने टिप्पणी कुनै बेला नेपालमै राजदूत भइसकेका व्यक्तिहरुले गरिरहेका थिए !

संविधान जारी गर्ने सन्दर्भ र त्यसपछिको नाकाबन्दीका कारण भारतको संस्थापन पक्षको सम्बन्ध एमाले अध्यक्ष ओलीसँग र नेपालका अरु नेताभन्दा चिसो छ । ओली सरकार ढाल्नेसम्म भारतले खुलेआम भूमिका खेलेपछि भारतीय संस्थापनविरुद्ध ओलीले खुलेरै बोलेका थिए । 

नाकाबन्दी बिरोधी अडान र भारतसँग नझुकेकै कारण ओलीको व्यक्तित्व नेपालका अन्य नेताको भन्दा जनतामा राष्ट्रवादीका रुपमा स्थापित भयो । जसका कारण ओलीकै नेतृत्वमा एमालेेले तीनै तहका निर्वाचन जित्न सफल भयो । चुनाव जितेपछि पनि ओलीले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको तर त्यस बापत भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताउदै आएका छन् ।

शेरबहादुर देउवा सरकारको बहिर्गमन नहुँदै र ओली प्रधानमन्त्री नबन्दै सुष्मा स्वराजले नेपालको उच्चस्तरीय भ्रमण गर्नुको अर्थ भारत आफ्नै पहलमा नेपालसँगको सम्बन्ध सुधार गर्न चाहान्छ भनेर बुझ्नुपर्ने जानकारहरु बताउँछन् । यसका साथै ओलीसँग सहकार्य गर्न मोदी तयार रहेको सन्देश पनि हो यो भ्रमण ।

भारतीय राजदूतसँग यसैबारेमा छलफल गरेका एक अधिकारीले भने-मोदी आफैंले इनिसियसन लिएर सम्बन्ध सुधार गर्न खोजेका छन् ।

नेपाली जनताको म्याण्डेट पाएको वामपन्थी सरकारसँग निकट सहकार्य गर्न मोदी तयार छन् र ओलीको नेतृत्वमा वामपन्थीले पाएको बहुमतलाई भारतले अप्ठेरो रुपमा लिएको छैन भन्ने सन्देश पनि हो ।

ओली प्रधानमन्त्री नबन्दै स्वराजलाई पठाएर मोदीले भविश्यमा सहकार्य बलियो बनाउने संकेतमात्र दिएका छैनन्, वामपन्थी सरकार भएको बेला नेपालमा चीन हाबी नहोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् ।

работаfacebookизыbest places to visit in moscow russiaшлифовка полашенгенская виза на 1 год

Leave a Reply

Your email address will not be published. Required fields are marked *