अमेरिकाको न्यूयोर्कस्थित ‘हाउस अफ एस’ नामक नाइटक्लबमा हिन्दू देवीदेवताका चित्रहरू राखिएको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ।

ती चित्रप्रति अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आपत्ति जनाएकी हुन्।

मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा यस विषयमा लेखेकी छन्।

ती महिलाले ब्राउनगर्ल नामक एउटा साइटमा प्रकाशित ब्लगमा सो विषयबारे विस्तृतमा रूपमा लेखेकी छन्।

मिश्राका अनुसार उनी गत महिना सो नाइटक्लबमा गएकी थिइन्।आफ्ना साथीहरूले महँगा खानेकुरा मगाएकाले उनले त्यहाँको भीआईपी बाथरुम प्रयोग गर्ने अवसर पाएकी थिइन्।

पहिला शौचालयको भित्ताका भएका चित्रमा आफ्नो ध्यान नपुगेको भए पनि ट्वाइलेट पेपर निकाल्न लाग्दा महादेवको चित्र देखेको उनी बताउँछिन्।

त्यसपछि चारैतिर हेर्दा अन्य देवीदेवताका तस्बिर चारैतिर देखेर आफू छक्क परेको उनले लेखेकी छन्। ब्राउनगर्ल नामक एउटा साइटमाबाट