ओलि नेतृत्वको दुइ तिहाइ मत पाएकाे कम्युनिष्ट सरकार प्रेस स्वतन्त्रता प्रति अझ कठाेर हुने भएकाे छ।प्राप्त सुचना अनुसार,सरकारले प्रेसलाइ नियन्त्रणमा राख्न स्थानीय रेडियाे अर्थात एफएमले अब देखि समाचार बजाउन नपाउने गरि सञ्चार नीति तयार पार्न थालेकाे छ।यसकाे लागि केही विज्ञहरूसंग उसले परामर्श  पनि थालेकाे छ।राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि एफएमहरूलाइ समाचार बजाउन बन्देज गरेकेा थियाे।अाम जनताकाे पहुच भएकाे एफएम रेडियाेमा समाचार दिदा सरकारका नकारात्मक कुरा पनि एकसाथ तल्लाे तहसम्म पुग्याे भनेर जसरी राजा ज्ञानेन्द्रले रेडियाेमा गीत मात्र बजाउन उर्दी जारी गरे अाज उसैगरि कम्युनिष्ट सरकारले पनि एफएममा समाचार वन्देजकाे तयारी गरेकाे छ।मन्त्रीपरिषद निर्णयसमेत हप्तामा एक पटक मात्र सार्वजनिक गर्ने भनेर कडाइ  गरिरहेकाे सरकारले समाचार नै बन्देज गरेपछि कस्ताे हुनेछ ? अब जनता र प्रत्रकारले यसलाई कसरी लिन्छन् त्याे भने हेर्न वाकी छ।