काठमाडौँ । दोलखाका दिनेश कोइराला काठमाडौँ प्रहको हिरासतमा छन् । चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा याे खबर छ – पछिल्लो समयमा प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ । कोइरालाको ठग्ने काइदाबाट प्रहरीसमेत चकित परेको छ ।