सरकारी अदालतले टुङग्याउन नसकेका हजार मुद्दाहरु विप्लव जनअदालत टुङग्याउदै

विप्लव पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेन लगायत रहेका छन् । तीमध्ये आठ सय मुद्दा टुङ्ग्याई सकिएको उक्त पार्टीले जनाएको छ।

उक्त पार्टीका नेताले अग्निज्वाला लाई जनाए अनुसार ,सरकार मातहत रहेका अदालतले टुङग्याउन नसकेका मुद्दाहरु टुङ्ग्याउन थालेकाले ‘जनअदालत’ प्रति आकर्षण बढेको दावी गरेका छन।–‘जनअदालतमा घरायसी झग्डा, भ्रष्टाचार, ठगी, लेनदेन जस्ता मुद्दा दर्ता छन् । हामीले सजिलै ती मुद्दाहरुको अध्ययन गरेर जनताको काम गरिरहेका छौं । ’ जनअदालतहरु सवै स्थानीय तहमा गठन गरिएका छन्।

केन्द्रिय जनअदालत अन्तर्गतको जनसरकार प्रमुख सन्तोष बुढामगर र न्याय विभाग प्रमुखका रुपमा आदर्श रहनुभएको छ । वडाध्यक्षदेखि प्रहरी उच्चनिकायका प्रमुख लगागतका विरुद्ध समेत देशैभरबाट यस्ता मुद्दा दर्ता भएका छन् ।

विप्लवका नेता नविन वलीले भन्नुभयो–‘कुनै व्यक्तिले उजुरी दिनुप¥यो भने हाम्रो न्याय विभाग छ । न्याय विभाग सम्बोधन गरेर प्रत्येक स्थानीय तहमा गठित जनसरकारमा उजुरी दिन सकिन्छ, हाम्रो काम भनेकै जनस्तरमा रहेर जनताको काममा तल्ली नहुने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *