काठमाडाैं । प्रधानमन्त्रीको अवस्वस्थका कारण लामो समय नबसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ । अाइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा भएको भेटवार्तामा पार्टी एकीकरणसम्बन्धी छलफल भएको हो ।

आगामी मंसिर ६ गते बस्ने पार्टी सचिवालय बैठकले संगठन एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिनेबारे अध्यक्षद्धयबीच आज विशेष कुराकानी भएको छ । प्रधानमन्त्री अवस्वस्थ भएकोले पार्टीका विभिन्न बैठकहरु बस्न ढिलाई भइरहेको नेता तथा कार्यकर्ताको गुनासो छ ।