नशा सम्वन्धी राेग निकाे हुन्छ भन्ने जानकारी पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीकाे उपचारकाे लागि म्याग्दी पुगेका छन।उनी पत्नीकाे नशा सम्वन्धी राेग सिगापुर जादा समेत निकाे नभएपछि उपचारकाे लागि भन्दै म्याग्दीकाे ताताेपानी कुण्ड पुगेका हुन।त्यहा पुगेपछि उनी स्वयमले बर्तमान गृहमन्त्री रामवहादुर थापा बादलसंग पानीमा डुबुल्की मारेका छन।उनी पानीमा डुबेकाे तस्वीर समेत सार्वजनिक भएकाे छ।अध्यक्ष दाहालले पत्नी सीताकाे उपचारकाे लागि अावश्यक प्रवध्न समेत मिलाइसकेका छन।उनले म्याग्दीकाे हाेटलमा बस्ने र ताताेपानीमा नुहाउने ब्यवस्था मिलाएका हुन।ताताेपानीमा पत्नी सीतालाइ तिन दिनसम्म उपचार गराउने उनकाे याेजना छ।पत्नी स्नानमा ब्यस्त भएपछि उनी राजनीतिक कार्यक्रममा ब्यस्त रहनेछन।गृहमन्त्री बादल पनि पत्नी नैनकला थापा सहित म्याग्दी पुगेका छन ।