नेपाली जनसम्पर्क समिति,अमेरिकाले न्यूयोर्कमा चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ । मातृपार्टी नेपाली कांग्रेसको परम्परागत चियापान कार्यक्रमलाई अमेरिकामा पनि निरन्तरता दिने गरी समितिले यस्तो कार्यक्रम गर्न लागेको हो । कांग्रेसले परम्परागत रुपमा दशैं र तिहारको बीचमा यसरी चियापान कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष पनि गत साता कांग्रेसले चियापान गरिसकेको छ ।

 आपसी भेटघाट,शुभकामना आदान-प्रदान र सौहार्द्रता कायम गर्नका लागि समितिले पर्सी आइतवार चियापान गर्न लागेको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका समितिका सभापति आनन्द विष्टले जानकारी दिनु भएको छ । विष्टले न्यूयोर्क वरपर रहनु भएका सबै कांग्रेसजन र शुभेच्छुकलाई आइतवार हुन लागेको चियापानमा सहभागिताका लागि आमन्त्रण समेत गर्नु भएको छ । ‘कांग्रेसको परम्परालाई निरन्तरता दिदैं आपसी भाइचारा अभिवृद्धि गर्न र आत्मियता साटासाट गर्न चियापान गर्न लागिएको हो’ विष्टले भन्नुभयो ।