काठमाडौं- भारतीय विदेश मन्त्री सुष्मा स्वराजले यसै साता नेपालको दुई दिने भ्रमण गर्ने निश्चित भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार स्वराजले यसैसाता बिहीवार र शुक्रवार नेपालको भ्रमण गर्नेछिन्।

मंसिरमा सम्पन्न चुनावपछि बहुमत ल्याएको बाम गठबन्धनको सरकार गठन प्रक्रिया अघि बढिरहँदा स्वराजको नेपाल भ्रमण हुनलागेको हो ।

सोमवार साँझ विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘दुई देशबीच नियमितरुपमा उच्च स्तरीय राजनीतिक भेटघाट गरिरहने परम्परालाई निरन्तरता दिंदै द्विपक्षीय साझेदारी थप विस्तार गर्न एवं दुवै मुलुक सामेल भएका विविध क्षेत्रका गतिविधिलाई मजवुद पार्न भ्रमण केन्द्रीत हुनेछ।’

काठमाडौंमा रहँदा विदेश मन्त्री स्वराजले विभिन्न राजनीतिक दलका नेताहरुसँग आपसी हितका विषयमा कुराकानी गर्नेछिन् भने दुवै मुलुकको वर्षौ पुरानो मित्रवत सम्बन्धलाई थप मजबुद पार्ने प्रयास गर्नेछिन्, भारतीय विदेश मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ। हेर्नुहोस् विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ ।

msi.ruпостроение личного брендапродвижение сайтов турфирмимя доменное сайтаединый визовый центр саратовзимняя одежда для рыбалки